दलित र बाढीपिडीतलाई वडा अध्यक्ष भामको सहयोग

Image
राज्यशोर मल्ल मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ४ का अध्यक्ष लक्ष्मी प्रासाद भामले वडा भित्रका दलित र बाढी पीडितलाई खाद्यान्न सहयोग गरेका छन् । प्रतिकुल अवस्थाबीचका नागरिकलाई सामान्य भएपनि राहात पुर्याउने हेतुले सहयोग गरेको उनले बताए । ‘सबै दलित परिवार र बाढी पीडितलाई सामान्य भएपनि राहात पुगोस् र साउने सक्रान्तीमा खुसी बाँढ्न सकुन भनेर हरेक परिवरलाई खाद्यान्न उपलब्ध गराएको हुँ,’ उनले भने । उनले रोकायाबाडा र भामबाडागाउँमा दलित घर र बाढीपीडित सहयोग गरेका हुन् ।
Tags: