हिमालयन बैंकले गर्यो बीमाको दाबी रकम भुक्तानी

Image
काठमाडौं - हिमालयन बैंक लिमिटेडले बंैकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधाअन्तर्गत दश लाख रुपैयाँको दाबी रकम भुक्तानी गरेको छ । बैंका खातावाला ईश्वर गुराँगाईको दुर्घटनामा परी मृत्यु भएपश्चात् निजको श्रीमती विमला गुराँगाईलाई सो रकम गत हप्ता हस्तान्त्रण गरिएको हो । उक्त रकमको चेक बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतीले हस्तान्त्रण गरेका हुन् । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाको दुर्घटना मृत्यु बीमा खरीद गरेको बताइएको छ । हाल बैंकले विभिन्न १८९ शाखा, २० विस्तारित काउन्टर र २६३ एटीएमबाटसेवा प्रदान गर्दै आएकोे छ ।
Tags: