प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराई

Image
काठमाडौं - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले असार २९ देखि एकीकृत कारोबार शुरू गर्दैछन् । दुबै कम्पनीबीच भएको मर्जरको प्रारम्भिक र अन्तिम सहमतिमा महालक्ष्मी लाईफका सीईओ भट्टराईलाई एकीकृत कम्पनीको सीईओ नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात् बीमा प्राधिकरणले नियुक्ति स्वीकृति गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका सीईओ भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्सको स्थापनाकाल देखिका सीईओ थिए । उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।
Tags: