‘राम्रोसँग पढे जुन पढाईको पनि भविश्य राम्रो छ’

Image
- डा. राजेन्द्र केसी क्याम्पस प्रमुख साउथवेस्टर्न स्टेट कलेज भ्रखरैमात्र एसर्ईईको रिजल्ट आएको छ । धेरै विद्यार्थीलाई अब कसरी अगाडि बढ्ने भन्ने कुरामा अन्यौलता छ । साउथवेस्टर्न स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी थोरै विकल्पबाट आफूलाई अनुकुल हुने विषय छान्न आग्रह गर्छन् । अबको निर्णय भविश्यसँग जोडिएकोले धेरै कुरामा सचेत हुनुपर्ने उनको सुझाव छ । एसईईपछि उच्च शिक्षा अध्ययनमा विद्यार्थीले कुन कुन कुरामा ध्यान दिनुपर्ला ? उच्च शिक्षाको बाटो खोल्ने एसईई उतिर्ण गर्ने सम्पूर्ण भाइबहिनीहरूलाई बधाई दिन चाहान्छु । अब कुन कलेजमा पढ्ने ? के विषय पढ्ने ? कस्ता टिचर भएको कलेज उपयुक्त हुन्छ ? कस्ता पूर्वाधार भएको कलेज उपयुक्त हुन्छ ? भन्ने कुरा चुनौतीको रूपमा विद्यार्थीहरूमा आएको छ । साउथवेस्टर्न कलेजलाई विद्यार्थीले किन रोज्ने ? साउथवेस्टर्न किन छनौट गर्ने भन्ने कुरामा मैले भन्नुभन्दा पनि हाम्रो करीब १४ वर्षको इतिहास नै काफी छ । हामीले यस कलेजबाट करीब ४२ हजार विद्यार्थी उत्पादन गरेका छौं । उत्तिकै अभिभावकले विश्वास गरेको कलेज हो । हाम्रो विगतलाई हेरेर नै हो हामीलाई छनौट गर्ने । हामीले गर्दै आएका गतिविधि, विद्यार्थीको पास रेट लगायतलाई हेर्ने हो भने जोकोहीको लागि हामी उपयुक्त रोजाई हौं । कलेज छान्दा विद्यार्थीले के के कुरामा ध्यान दिनुपर्ला ? पहिलो कुरा, कलेज छनौट गर्दा लोकेशन ख्याल गर्नुपर्छ । ट्राफिकको हिसाबले लोकेशन राम्रो ठाउँमा आवश्यक छ । दोस्रो कुरा, पूर्वाधार महत्वपूर्ण हो । २०७२ को भूकम्पबाट हामीले बुझेका छौं , पूर्वाधार महत्वपूर्ण कुरा हो । तेस्रो कुरा, फ्याकेल्टी दक्ष र अहिलेको प्रविधिलाई आत्मसाथ गर्ने खालको हुुनुपर्छ । चौंथो कुरा, अहिलेको शिक्षा टिचिङ र लर्निङले मात्र पुग्दै राष्ट्रिय र अन्तराष्ट्रिय ट्रेण्डलाई जोड्नुपर्छ र पाँचौं कुरा, रिजल्टमा पनि ध्यान दिनुपर्छ । मैले हाम्रो कलेज नै रोज्न भन्दैन तर कलेज रोज्दा कम्तिमा यी कुरामा ध्यान दिनु आवश्यक छ । आईएसओ र क्यूएएले के कुरामा अर्थ राख्छ ? आईएसओ र क्यूएएको कुरा गर्दा कर्पोरेट कल्चर र सिस्टम राम्रो हुने कुरासँग जोडिन्छ । कर्पोरेट कल्चर र सिस्टमको माध्यमबाट लिड गर्नेको लागि धेरै प्रक्रियाहरू छन् । जस्तो आईएसओ सर्टिफाइड भएपछि अन्तराष्ट्रिय रूपमा पनि हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ र अन्तरराष्ट्रिय रूपमा सर्टिफिकेट पनि विक्री हुन्छ । हाम्रो कलेज आईएसओ सर्टिफाइड छ भने क्यूएएको पनि अन्तिम चरणमा पुगेका छौं । हामी सत प्रतिशत पासमा ध्यान त दिएका छौं र पास भएका पनि छन्, हामी त्यति मात्रले पुग्दैन र अन्तराष्ट्रिय रूपमा फेस गर्न र समाजमा जुध्न सक्ने गरी विद्यार्थीलाई तयार गरेका छौं । उनीहरू जुनसुकै रूपमा आफूलाई उभ्याउनको लागि बलियो बनेर अगाडि गएका छन् । विद्यार्थीले ११ कक्षामा कस्तो कोर्स छान्ने ? हाम्रो देश सानो छ, सानो भएको कारण हाम्रोमा अवसरको कमी छ । हाम्रोमा विद्यार्थीलाई धेरै कोर्स छान्ने अवसर पनि छैन । साइन्स, म्यानेजेमेन्ट, आर्टस् र ल छ । संसारमा हाइब्रिड एजुकेशन आइसक्यो । यसअन्तर्गत दुई ओटा कोर्स मिलाएर एउटामा मात्र जान सकिन्छ । यो छान्दा सोर्स नै कम भएसी विकल्प भेटिन्न । साइन्स पढ्दा डक्टर, इन्जिनियर, सीए लगायत बन्नको लागि बाटो खुल्छ, त्यस्तै म्यानेजेमेन्ट पढेर म्यानेजेमेन्टको एक्स्पर्ट बन्नसक्छ, सीए पढ्नसक्छ । त्यस्तै ल पढेर वकिल बन्नसक्छ । मानविकी पढेर यसअन्तगर्तका कोर्स पढ्नसक्छ । विद्यार्थीले यी विषयमा आफूले के छान्ने र त्यसमा कसरी अगाडि जाने भन्ने कुरामा सचेत बनेर छानी त्यसमा पारांगत बन्नुपर्छ । उच्च शिक्षा अध्ययनमा अभिभावकको भूमिका कस्तो हुनुपर्छ ? अभिभावकले पनि विद्यार्थीलाई यो पढ भनेर दबाब दिने होइन , राम्रोसँग पढे जे पढ्दा पनि हुन्छ । अभिभावकलाई थाहा नभएको अवस्थामा के पढ्दा के हुन्छ भन्ने कुरामा हामीले गाइड गर्छौं । कलेज भिजिटगर्दा हामी धेरै आइडिया दिन्छौं । विद्यार्थीलाई प्रेसरमा नपरी विवेक प्रयोग गर्न म आग्रह गर्छु ।
Tags: