महिन्द्राको ‘द अल न्यू स्कर्पियो–एन’ नेपाली बजारमा

Image
काठमाडौं - महिन्द्राले ‘द अल न्यू स्कर्पियो–एन’ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘द अल न्यू स्कर्पियो–एन’ नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा थप सवारी–साधन हो । महिन्द्राले नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा आफ्नो एसयुभी नेटवर्क विस्तार गरेको जानकारी दिएको छ । ‘द अल न्यू स्कर्पियो–एन’ले विद्यमान उत्पादन श्रेणीमा क्रमभंगताका साथ कार्यसम्पादन प्रदर्शन, क्षमता, प्रविधि, ह्यान्डलिङ, एनभीएच, इन्टेरियर लगायतमा पहिचान स्थापित गरेको कम्पनीको भनाइ छ । ‘द अल न्यू स्कर्पियो–एन’ को प्रारम्भिक मूल्य रू. ८१ लाख ५० हजार रहेको र यो मूल्य सेप्टेम्बर ३० सम्म मात्र लागु हुने बताइएको छ । ३ यस गाडीको ३ वर्ष वा एक लाख किलोमिटरको वारेन्टी प्लान रहेको कम्पनीको भनाइ छ । महिन्द्रा एण्ड महिन्द्राका अन्तरराष्ट्रिय अपरेशन, अटोमोटिभ सेक्टरका प्रमुख सचिन अरोलकरले यसका हरेक विशेषता उत्कृष्ट रहेको भन्दै ‘द अल न्यू स्कर्पियो–एन’ले महिन्द्राको प्रामाणिक एसयूभीहरूको नयाँ युगको प्रतिनिधित्व गर्ने बताए । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले ‘द अल न्यू स्कर्पियो–एन’ साहसिक कार्यको लागि इन्जिनीयरिङ गरिएको छ र संसारभरका सबैभन्दा चुनौतीपूर्ण भूभागमा परीक्षण गरिएको बताए ।
Tags: