कामना सेवा र ब्लु बर्ड इन्टरनेशनलबीच छूट सम्झौता

Image
काठमाडौं - कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रालिबीच बिहिवार छूटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत बैंकका सम्पूर्ण ग्राहकले काठमाडौं–११ त्रिपुरेश्वर स्थित ब्लु बर्ड इन्टरनेशनलले प्रदान गर्ने डाक्टर परामर्श शुल्क बाहेक अन्य सेवामा १० प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गरिने यस सुविधाबाट ग्राहकले लाभ लिने अपेक्षा गरिएको छ ।
Tags: