गैंडा मारी खाग चोर्ने मिने साइला २५ वर्षपछि पक्राउ

Image
काठमाडौं – एक सिंगे गैडा मारी खाग चोरी गर्ने एक जना मुद्दा फैसलाको २५ वर्षपछि पक्राउ परेका छन् । २०५५ कात्तिक २८ मा गैडा मारेर खाग चोरी गरेको अभियोगमा २०५६ माघ २५ मा १० वर्ष जेल र एक लाख जरिवाना सुनाइएका कालिका नगरपालिका २ चितवनका का मिने साइला भनिने ५६ वर्षीय भिम बहादुर थापा क्षेत्रीलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो । उनलाई शुक्रवार कारागार चलान गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
Tags: