समीक्षाको 'म मर्छु तिमी बिना' सार्वजनिक

Image
काठमाडौं – अशोक विकको शब्द, संगीत र भिडियो निर्देशन रहेको 'म मर्छु तिमी बिना' सार्वजनिक गरिएको छ । गीतलाई एआर ईन्टरटेनमेन्ट युटुयुव च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । स्टुडियो-२१ मा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् । अशोक विकको निर्देशन रहेको गीतमा नरेशबिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साल आदिको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=T2WV9FrAgT8&authuser=0
Tags: