सन्त भवन निर्माणमा एसबिआईको सहयोग

Image
काठमाडौं – नेपाल एसबिआई बैंक दमौली शाखाले तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिसरमा निर्माणाधिन सन्त भवन तथा अन्य निर्माण कार्यको लागि आर्थिक सहयोग गरेको छ । बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय व्यास गुफामार्फत आइतवार उक्त सहयोग गरेको हो । बैंकका गण्डकी प्रदेश प्रमुख सुशीलचन्द्र महतले उक्त सहयोग रकम वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको वैंकका शाखा प्रबन्धक दिवाकर भट्टले जानकारी दिए । सहयोगस्वरूप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधिन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने प्रतिष्ठानका मूल संरक्षक बाबाले जानकारी दिए ।
Tags: