विद्युत नियमन आयोगले गर्यो सार्वजनिक सुनुवाई

Image
काठमाडौं – विभिन्न जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतासम्बन्धी सर्वाजनिक सुनुवाई सोमबार सम्पन्न भएको छ । १३९.२ मेगावाटको तल्लो मनाङ मस्याङ्दी आयोजना, १०२ मेगावाटको माथिल्लो मस्याङ्दी जलविद्युत आयोजना १ र १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजनाको विद्युत खरिद दर निर्धारण सम्वन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । विभिन्न ३ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेस भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । विद्युत नियमन आयोग सानोगौचरण काठमाडौंमा कार्यक्रम भएको हो । समयमै सम्पन्न गर्नुपर्ने बताए । सार्वजनिक सुनुवाईमा उपभोक्ता, उद्योगी व्यवसायी, स्थानीय बासिन्दा, स्थानीय तहका प्रतिनिधी लगायत सहभागी थिए ।
Tags: