कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक हस्तान्तरण

Image
काठमाडौं–कामना सेवा विकास बैंक लिमिटेडले झापा कमल गाउँपालिका–५ पाडाजुंगीस्थित गुह्येश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई सोमवार पोशाक उपलब्ध गराएको छ । उक्त विद्यालयमा अध्ययनरत भूमिहिन, बाढीपीडित, सुकुम्बासी, दलित, जनजाती, आदिवासी समुदायका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्रालाई बैंकले पोशाक उपलब्ध गराएको हो । बैंकका कोशी प्रदेश प्रदेश प्रमुख खिमलाल भुसाल र विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद खनालले सोमवार उक्त पोशाक विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, अभिभावक साथै बैंकका कर्मचारीको उपस्थिति थियो । बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।
Tags: