Image
मुक्तिनाथ विकास बैंकद्वारा मधेश प्रदेशका अस्पतालमा ह्वीलचेयर वितरण काठमाडौं - मुक्तिनाथ विकास बैंकले मधेश प्रदेशका विभिन्न अस्पतालमा ह्वीलचेयर वितरण गरेको छ । मधेश प्रदेशस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपुर अस्पताल, गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीको व्यवस्थापनका लागि आवश्यक पर्ने ह्वीलचेयर बैंकले उपलब्ध गराएको हो । आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने बैंकको विश्वास छ । बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाअन्तर्गत रू. २ करोडसम्मको कर्जा उपलब्ध गराउँदै आएको बताएको छ । कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण÷खरीद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा बैंकले उपलब्ध गराउँदै आएको हो । सम्पुर्ण आवश्यक कागजात पूरा गरेको ३ कार्य दिनभित्र यी कर्जा सर्वसुलभ व्याजदरमा कर्जा प्रदान गरिने बैंकको भनाइ छ ।
Tags: