कामना सेवा विकास बैंकले मनायो राष्ट्रिय धान दिवस

Image
काठमाडौं - कामना सेवा विकास बैंकले शुक्रवार आषाढ १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । मौलिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय धान दिवसको अवसरमा सहयोग गरेको बैंकको भनाइ छ । ‘त्रिपुरेश्वर कृषि सहकारी संस्था’ले चितवनमा आयोजना गरेको ‘दही चिउरा खाने, रोपाइँ र हिलेदौड प्रतियोगिता’ तथा पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको ‘१८औं रोपाई महोत्सव’लाई बैंकले आर्थिक सहयोग गरेको हो । साथै, परम्पराको जगेर्ना स्वरूप दही चिउराको महŒव दर्शाउँदै बैंकले केन्द्रीय कार्यालय र सम्पूर्ण शाखा कार्यालयमा दही चिउरा खाने कार्यक्रम सम्पन्न गरेको छ ।
Tags: