शुभश्रीको ’प्रोजेक्ट प्याराडाइज’ हल्ट प्राइजको शीर्ष ५ मा, फाइनलमा पुग्ने सम्भावना

Image
काठमाडौं – शुभश्री कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले हल्ट प्राइजमा सहभागिता जनाएका छन् । भारतको मुम्बईमा भएको ‘मुम्बई समिट’ मा शुभश्रीका विद्यार्थीको प्रोजेक्ट प्याराडाइजले भाग लिएको हो । उक्त समिटमा विश्वभरबाट ६० भन्दा बढी टिम सहभागी थिए । यीमध्ये शुभश्रीको प्रोजेक्ट प्याराडाइज शीर्ष ५ भित्र पर्न सफल भएको थियो । साथै फाइनलमा प्रतिस्पर्धा गर्ने अरु दुई अवसर पनि प्राप्त गरेको छ । यी दुई राउण्ड पार गरेको खण्डमा प्रोजेक्ट प्याराडाइजले फ्रान्सको पेरिसमा हुने फाइनलमा प्रतिस्पर्धा गर्न पाउनेछ । यो प्रतिस्पर्धा अनलाइन हुनेछ । फाइनल जित्नेले १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ । हल्ट प्राइज भनेको सामाजिक उद्यमशिलतामार्फत विभिन्न किसिमका समस्या समाधान गर्ने प्रयास गरिरहेका युवाहरुका लागि इन्टरनेशनल प्लेटफर्म हो ।
Tags: