पिना टोप्ला गाउँमा फोरजी टावर निमार्ण भएपछि गाउँ बासीमा खुसी

Image
-राज्यश्वोर मल्ल मुगु – छायानाथ रारानगर पालिकाको वडा नम्बर ७ र ८ पिना गाउँमा नेपाल टेलिकमले फोरजी नेटवर्क विस्तारका लागि फोरजी टावर निर्माण सञ्चालनमा आएसंगै यहाँका बासिन्दामा खुसी छाएको हो । विगतका बर्षहरुमा नेट्वोर्कको लागि नेट्वोर्क खोजदै डाडाँ पखामा जाने बाध्यता खेप्दै आएका गाउँ बासी टोप्ला पिना झ्यारी सिगादी का बासिन्दाहरु फोरजी टावर सञ्चालनमा आएसंगै गाउँका कुना कुन्धरा घरको भित्रमा कोठामै पनि मोबाइल काम गरेर त्यो बाध्यता टर्रेको बताउँछन । गाउँमा टावर बनेपछि एक आपसमा कुरा गर्न सहज भएको देशविदेश को खबर तत्काल थाहा हुने टाढा रहेका आफन्त हरु सङ कुरा गर्न भालाकुसारी गर्न दुस्ख सुख बढ्ने भिडियो कल सामाजिक सङ्जाल फेसबूक टिकटक मनोरञ्जन का रमाइला माध्यममा तत्काल हेर्न पाइने यहाँका मानिसहरूको आशा पलाएको छ ।
Tags: