कीर्तिमानी पर्वतारोही शेर्पालाई लुम्बिनी विकास बैंकको सम्मान

Image
काठमाडौं - लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका शेर्पालाई बैंकले शुक्रवार सम्मान गरेको हो । उनले बैंकको लोगो अंकित ब्यानरसहित सगरमाथामा पु¥याएको बताइएको छ । बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले पर्वतारोही शेर्पा बिगत दुई दशकदेखि बैंकको ‘निरन्तर सहयात्री’ मा आवद्घ रहेको भन्दै उनको साहसिक कार्यले बैंकलाई गौरवान्वित बनाएको बताए । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले मुद्दती खातामा ‘मासिक’ रूपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा लगानी दुई गुणादेखि दश गुणासम्म हुने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको बैंकले जानकारी दिएको छ ।
Tags: