कृत्रिम अंगका लागि सन्राइज बैंकको सहयोग

Image
काठमाडौं–सन्राइज बैंकले अंगभंगहरू भएकालाई कृतिम हातखुट्टा प्रदान गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको छ । बैंकले बिहीवार रोटरी क्लब, वीरगञ्जलाई उक्त सहयोग हस्तान्तरण गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादवले रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई रू. २ लाख पचहत्तर हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकमले २० जनालाई कृतिम हातखुट्टा प्रदान गरिएको बैंकले जानकारी दिएको छ । कृतिम हातखुट्टा पाएका व्यक्तिहरूले यो सहयोगले आफूहरूलाई हिँडडुलमा ठूलो सहयोग पुग्ने भन्दै धन्यवाद दिएका थिए । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, शीपमूलक तालीम, वित्तीय साक्षरता, पूूर्वाधार निर्माण आदि क्षेत्रमा विभिन्न काम गर्दै आएको बैंकले जानकारी दिएको छ ।
Tags: