चौथो र पाँचौको चरणको सहज च्यालेन्ज फण्डको लागि आवेदन आह्वान

Image
काठमाडौं - सहज च्यालेन्ज फण्डले कोशी प्रदेशमा कृषिसँग सम्बन्धित व्यवसाय गर्नेलाई चौथो र पाँचौ चरणको लागि आवेदन माग गरेको छ । कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य–प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्यसहित फण्डले चौथो र पाँचौ चरणको लागि आवेदन माग गरेको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै फण्डले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मूल्य शृंखलामा विद्यमान अवरोध समाधान गर्न सहयोग गर्न लागिएको फण्डले जानकारी दिएको छ । चौथो चरणमा नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पाँचौ चरणमा पर्यायवरणीय तथा वातावरणीय पहलका सेवा प्रदान गर्ने सेवा प्रदायकलाई सहयोग गर्ने बताइएको छ । च्यालेन्ज फण्डका लागि इच्छुकले आगामी साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मुल्यांकन गरिने र सफल आवेदकले पूर्ण व्यावसायिक योजना बुझाउनु पर्ने फण्डले जानकारी दिएको छ । पूर्ण व्यावसायिक योजना मुल्यांकन गरी सम्बन्धित व्यवसाय गर्नेलाई ५ देखि ५० लाख रुपैयाँसम्म रकम दिने बताइएको छ । प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिने फण्डले जानकारी दिएको छ । चौथो चरणमा उपकरण तथा मेशिनेरी खरीदका लागि सहयोग नदिइने र पाँचौ चरणमा ३० प्रतिशत उपकरण तथा मेशिनेरी खरीदका लागि प्रयोग गर्न सकिने फण्डको भनाइ छ ।
Tags: