समृद्धि फाइनान्सको १२औं शाखा सुनसरीको मधुवनमा

Image
काठमाडौं–समृद्धि फाइनान्स कम्पनी को १२औं शाखा रूपमा शाखा कार्यालय मधुवन, सुनसरीको मधुवनमा सञ्चालनमा आएको छ । शाखाको समुद्घाटन शुक्रवार बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाईनान्सका संस्थापक सञ्चालक सुदीप घिमिरेले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर कार्कीले बैंकको अत्यधिक आवश्यकता रहेको क्षेत्रमा संस्थाको शाखा सञ्चालनमा आउँदा स्थानीयलाई वित्तीय कारोबारमा सहज हुने अपेक्षा गरेका थिए । संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले सस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारे जानकारी दिएका थिए । संस्थाका सञ्चालक घिमिरेले शाखाले स्थानीयको आवश्यकता बमोजिम आफ्ना सेवालाई परिमार्जन गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Tags: