सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई विभिन्न केवलकारमा छूट

Image
काठमाडौं–आइएमई ग्रुपअन्र्तगतका केवलकार कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केवलकारको टिकट मूल्यमा छूट दिने भएका छन् । बिहीवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीनओटै केवलकार कम्पनीले छूटसम्बन्धी सम्झौता गरेका हुन् । बहालवाला सशस्त्र प्रहरी कर्मचारी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवार साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीले केवलकारको टिकट मूल्यमा २० प्रतिशत छूट प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख छ । सशस्त्र प्रहरी बलको कल्याणकारी योजनाअन्र्तगत भएको यो सम्झौता बमोजिम यो छूट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र ,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीले पेन्सन पट्टा तथा आश्रित परिवारले नाता प्रमाणित कागजात देखाउनुपर्ने बताइएकोे छ ।
Tags: