छायाँनाथराराका मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

Image
राज्यश्वोर मल्ल मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले कार्य कक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । उनले बिहीवार कार्यकक्षमा गे्रटर नेपालको नक्सा राखेका हुन् । नेपालसँग सीमा जोडिएको छिमेकी देश भारतले नेपालको भूमि पटक–पटक मिच्दै आएको र त्यसको विरोधस्वरुप आफूले ग्रेटर नेपालको नक्सा राखेको उनले बताए । ‘नेपाल देश नै नरहे हामी कहाँ रहौंला ?’ नगरप्रमुख भामले भने,‘भारतको हेपाहा प्रवृतिप्रति चुप लागेर बस्दा अझै सीमा मिचिने खतरा बढ्ने भएकाले यसलाई अभियानका रुपमा लिएको हुँ ।’ पटक–पटक भारतले नेपाल लाई हेपाहा दृष्टिले व्यवहार गर्दै गौतमबुद्ध, जानकी भारतमा जन्मिएका हुन् भन्दै भ्रमक प्रचारप्रसार गर्दै नेपालको अस्तित्व समाप्त गर्न खोजेको उनको भनाइ छ । भारतको संसद भवनमा लुम्बिनी र कपिलवस्तु भारतमा पर्दछन् भन्दै जुन भ्रमाक प्रचार गरिएको छ त्यो गलत भएको भामले बताए । हेपाहा प्रवृतिले भारतले जुन व्यवहार गर्छ त्यसको विरोध स्वरुप नेपालको भुगोल–भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रियतको रक्षाका लागि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखिएको उनको भनाइ छ । उनका अनुसार त्योसँगै नेपालको भूमि सुगौली सन्धी अघि यस्तो थियो भनेर भूमि नेपालको भन्ने आम नागरिकलाई जानकारी दिने उदेश्यका साथ पनि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखिएको उनले बताए । देशको रक्षा, सीमा रक्षाको लागि तीनै तहका सरकारले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्नुपर्ने नगरप्रमुख भामको भनाइ छ ।
Tags: