विश्व हिन्दु महासंघ मुगु शाखामा विष्णुप्रसाद चौलागाईं

Image
राज्येश्वर मल्ल मुगु– विश्व हिन्दु महासंघ मुगु शाखाको प्रथम अधिवेशनले विष्णुप्रसाद चौलागाईको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सोमवार सम्पन्न विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो बैठकले चौलागाईंको अध्यक्षतामा १७ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो । विश्व हिन्दु महासंघ र सनातन हिन्दु धर्मकी केन्द्रीय आजीवन सदस्य चेतना शाही मल्लको प्रमुख आतिथ्यतामा भएको बैठकले सभापतिमा विष्णुप्रसाद चौलागाई, उपाध्यक्षमा मग बोहरा (खुल्ला) र समावेसी उपाध्यक्षमा धनशीला मल्ल, सचिवमा डबल कुमाइ, सहसचिवमा जसकला मल्ल , कोषाध्यक्षमा भिमप्रसाद चौलागाईं चयन भएका छ्न् । त्यस्तैे सदस्यमा कर्णसिंह दमाई, बसन्त बिसी, लगायत सर्वसम्मत निर्विरोध चयन भएका छ्न् । विश्व हिन्दु महासंघ र सनातन हिन्दु धर्मकी केन्द्रीय सदश्य चेतना मल्ल शाहीले हिन्दु धर्मको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले मुगु शाखाको जिल्ला स्थानीय समिति गठन गरिएको बताए । यो समितिले नितान्त समाजमा सकारात्मक विकासको भूमिकामा समाजसेवा गर्ने उनको भनाइ छ ।
Tags: