सानिमा जिआईसीको अध्यक्षमा कुनाल कयाल

Image
काठमाडौं– सानिमा जिआईसी इन्स्योरेन्सले पाँचौं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालकहरूले बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका छन् । संस्थापक समूहबाट तीनजना र सर्वसाधारण समूहबाट तीनजना गरी निर्वाचित ६ जना सञ्चालकले बुधवार सपथ ग्रहण गरेका हुन् । साधारणसभापश्चात् सोही दिन बसेको सञ्चालक समितिको १२३ औं बैठकले सञ्चालक कुनाल कयाललाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सो सपथ ग्रहण कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुवोधलाल श्रेष्ठको उपस्थिती थियो ।
Tags: