व्यवसायी मोतीलाल दुगड अमेरिकामा सम्मानित

Image
काठमाडौं – एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडलाई अमेरिकाको मेरिल्याण्ड राज्यसभाले बिहीवार सम्मान गरेको छ । विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ । ग्रुपअन्तर्गतका दर्जनौं उद्योग, फर्म तथा कम्पनीमार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा उनी क्रियाशिल छन् । उनी विभिन्न सामाजिक तथा परोपकारी कार्यमा समेत संलग्न रहँदै विभिन्न संस्थामा पनि आवद्ध रहेको बताइएको छ । नेपालको बैंकिङ, लाइफ इन्स्युरेन्स, जेनरल इन्स्युरेन्स, जलविद्युत्, कमर्सियल गाडी, कृषिसम्बन्धी उपकरण, निर्माण उपकरण लगायत आयात तथा विक्री कार्यमा दुगड ग्रुप परिचित छ ।
Tags: