निर्यात प्रवद्र्धनमा चेम्बर अध्यक्ष मल्लको जोड

Image
काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरूको ब्राण्डिङ गरेर निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुको पहिचान र अन्तरराष्ट्रिय ब्राण्डिङको आवश्यकतामा अध्यक्ष मल्लले जोड दिए । नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिवार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यातयोग्य वस्तुको राम्रो सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताए । उनले भने, ‘स्वदेशमा भएका निर्यातयोग्य वस्तुको पहिचान हुन सकेको छैन । निर्यात भइरहेका वस्तुको पनि ब्राण्डिङ हुन सकेको छैन । चिया कफीजस्ता वस्तुको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन ।’ अर्को प्रसंगमा मल्लले करको दरभन्दा पनि दायरा बढाउनतर्फ सरकारको ध्यान जानुपर्ने बताए । राजस्व ६० प्रतिशत हाराहारीमा मात्रै संकलन भएको भन्दै उनले चालू आर्थिक वर्षमा सरकारी स्रोत नै संकुचित हुन पुगेको बताए । केही वस्तुको आयातमा प्रतिबन्ध लाग्दा राजस्वमा गम्भीर असर परेकाले करको दायरालाई फराकिलो बनाउनुपर्ने उनको भनाइ थियो ।
Tags: