कोकाकोलाको खानेपानी परियोजना सैनिक महाविद्यालयलाई हस्तान्तरण

Image
काठमाडौं– कोकाकोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालसँगको सहकार्यमा आकाशे पानी संकलन, ग्राउन्डवाटर रिचार्ज तथा सफा पिउने पानीको परियोजना सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ । गत मे २३ मा शुरुआत भएको यो परियोजना जुन ८ मा सम्पन्न भएको कोकाकोलाले जानकारी दिएको छ । यसबाट डे स्कोलार्स र रेसिडेन्सियल विद्यार्थी समेटेर १ हजार २०० भन्दा धेरै विद्यार्थी र विद्यालयको दैनिक गतिविधिमा सहयोग पुगेको बताइएको छ । परियोजनामार्फत १२ ओटा बोतल फिलर धारा तथा ८ ओटा बब्लर फसेटलाई ४ ओटा वाटर स्टेसन र डुअल स्पाउट्ससँग जोड्दै खानेपानी वितरणका लागि २ युएफ फिल्टर जडान गरिएको कम्पनीको भनाइ छ । यसमा वार्षिक रूपमा ४ लाख ३५ हजार ४०० लिटरसम्म वाटर रिचार्ज गर्ने अपेक्षित गरिएको छ । कोका–कोला बेभरेजेज नेपालका प्रबन्ध निर्देशक जि दिपक सेन्थिल नाथले कम्पनी निरन्तर जल स्रोतको संरक्षण र रिचार्ज, जिम्मेवार पानी प्रयोगको तथा सबैमा सफा पानीको प्रवद्र्धनमा लागि परेको बताए । उनले कोकाकोलाले खपत गरेभन्दा धेरै पानी रिचार्जद्वारा फिर्ता दिने अभियान चलाएको बताए ।
Tags: