मानव आधिकार एलाइन्स मुगुको अध्यक्षमा रोकाया

Image
राज्यश्वोर मल्ल मुगु–मानव अधिकार एलाइन्स मुगु शाखाको पहिलो अधिवेशनबाट पहलमान रोकायाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । कर्णाली प्रर्देश कमिटी अध्यक्ष राधिका मल्ल, प्रदेश सचिवालय सदस्य दानसिंह परियार, प्रदेशसभा उपाध्यक्ष राधा मल्लको आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा रोकाया, उपाध्यक्षमा जर्माकला नेपाली र सचिवमा राज्यश्वोर मल्ल, कोषाध्यक्षमा गुरु छोद्र्न लामा चयन भएका छ्न् भने सदस्यहरुमा रतन ब शाही, ददिराम कुमाई , चन्द्र ब रावल , राजेन्द्र भाम ,बैदेवी बुढा निर्विरोध निर्वाचित भएका छ्न् । रोकाया धेरै वर्षदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका छन् । उनी मानव अधिकार तथा वातावरण विकास केन्द्रमा स्वास्थ्य विभाग प्रमुखमा आबद्ध छन् ।
Tags: