सीए कुनाल कायल सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालकमा नियुक्त

Image
काठमाडौं – सीए कुनाल कयाल सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा नियुक्त भएका छन् । संस्थाको बिहीवार सम्पन्न पाँचांै वार्षिक साधारणसभाले उनलाई सञ्चालकमा नियुक्त गरेको हो । उनी संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक बनेका हुन सभाले उनी सहित दिलिप श्रेष्ठ र मिता मुरारका अग्रवाललाई पनि संस्थापकबाट सञ्चालक बनाएको छ । त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा तीन जना क्रमश डा. हेमन्तकुमार दवाडी, प्रकाशमान श्रेष्ठ र सरस्वती गौतम (ज्ञवाली) लाई सभाले सञ्चालकमा चयन गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले आफ्नो ध्यान अझ उत्कृष्ट सेवा दिनमा केन्द्रित गरी व्यवसाय थप विस्तार गर्दै देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रियाशिल रहने विषयमा छलफल गरिएको बताइएको छ ।
Tags: