नवलपुरमा ‘मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट’ सञ्चालनमा

Image
काठमाडौं - सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा ‘मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट’ सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्टगल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तब्य बन्ने अनुमान गरिएको छ । अध्यात्मीक, शान्त र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट उत्कृष्ट सावित हुने विश्वास कम्पनीको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले रिसोर्टले सीजी हस्पिटालिटीको सेवामा थप प्रभावकारीता ल्याउने बताए । उनले भने, ‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रूपमा रिसोर्टलाई प्रस्तुत गरेका छौं’। रिसोर्टमा मनोरञ्जनका आवश्यकता पूरा गर्ने विभिन्न गतिविधि र अन्य सुविधा प्राप्त गर्न सकिने बताइएको छ । रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेल जस्ता सुविधा पनि रिसोर्टमा रहेको कम्पनीले जानकारी दिएको छ ।
Tags: