नाडा र हेल्भेटासबीच सम्झौता

Image
काठमाडौं - नाडा अटोमोवाईल्स एशोसिएशनअन्तर्गत गठित ‘शीप विकास इकाई’का सदस्य र स्वीस सरकारको अन्तरराष्ट्रिय गैह्र सरकारी संस्था हेल्भेटासबीच बिहीवार सम्झौता भएको छ । हेल्भेटासअन्तर्गत रहेको ‘नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना–इन्स्योर’मार्फत तालीम सञ्चालनसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा नाडाका अध्यक्ष धु्रव थापा र परियोजनाका टिम लिडर रवीन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । नाडाका सदस्य कम्पनीमा कार्यरत कर्मचारी, प्राविधिज्ञ लगायत नयाँ कर्मचारी र प्राविधिकलाई दक्ष र शीपयुक्त बनाउनका लागि तालीम कार्यक्रम गर्ने प्रयोजनका लागि यो सम्झौता गरिएको बताइएको छ । सम्झौतामा दुवै संस्थाको सहमतिमा २४ महीने र १२ महीने पाठयक्रम तयार गरी आवश्यक तालीम प्रदान गर्ने व्यवस्था गरिने उल्लेख छ ।
Tags: