सुत्केरी र गर्भवतीलाई सहयोग गर्न बस्तीमा उपप्रमुख ऐश्वर्य मल्ल

Image
राज्यशोर मल्ल मुगु– छायाँनाथ रारा नगरपालिका का नगरउपप्रमुख ऐश्वर्य मल्लले नगरपालिकाका १ देखि १४ वडा भित्रका सबै सुत्केरी र गर्भवती महिलालाई सहयोग कोअभियानलाई निरन्तर दिएकी छ्न्।ि गर्भवती महिलालाई सहयोग सुझाव दिँदा स्वास्थ्य सचेतना फैलने मान्यताका साथ सुत्केरी आमा अभियानलाई निरन्तरता दिएको उनले बताइन् । हरेक १ देखी १४ वडा रहेकी सुत्केरी र गर्भवती आमालाई घर घरमा गएर सहयोग सुझाव दिने नगर उपप्रमुखको कार्यतालिका अनुसार शुक्रबार छायाँरारा नगरपालिका १४ वटैगाउँमा सुत्केरी र गर्भवती आमा लाई नगद रू १ हजार, अन्डा तेल साबन ज्वनो मेथी सुत्केरी तथा गर्भवती महिला लाई पोषण यूक्त सामाग्री वितरण गरि एको हो। उनका अनुसार आफ्नो पाँच वर्षको कार्याकाल भरी हरेक सुत्केरी आमा गर्भवती आमालाई सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताइन् । घरबस्ती मै गयर रोवा,घट्टलेख ,झाकोट चराप,तिर्प , थार्प,रुगा,लहा,लुमा,बामा,इमा,निगाले,हेनिकाध,शाखोेला तुमा,मुर्मा,झ्यारी,टोप्ला,पिना,बालै,मुन्दुउ ,कोटिल,ढुमा,काकीबाडा, भामबडा,छ्त्तेलबाडा , चैना आदि गाउँमा गहि सुत्केरी र गर्भवती आमाहरुलाई सहयोग भएको नगर उपप्रमुख मल्लले बताईन।
Tags: