‘एनएमबी सजिलो कर्जा’ का लागि दराज नेपाल र एनएमबि बैंकबीच साझेदारी

Image
काठमाडौं - ई–कमर्स प्लेटफर्म दराज एनएमबि बैंकसँग साझेदारी गरी दराज एनएमबि कर्जा सुबिधाको शुरुआत गरेको छ । ‘दराज एनएमबी सजिलो कर्जा’ नामक यो सुविधाले बिक्रेताहरूलाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी उनीहरूलाई व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने लक्ष्य राखेको बताइएको छ । उक्त सम्झौतामा दराज नेपालका प्रबन्ध निर्देशक आचल कुँवर र एनएमबि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले गत मार्च १९ मा हस्ताक्षर गरेका थिए । यो कर्जा कार्यक्रम अन्तर्गत, बिक्रेताहरूले एनएमबी बैंकबाट उपलब्ध गराइने ऋणहरू प्राप्त गर्न सक्नेछन् । दराज र एनएमबी बैंकबीचको यस सहकार्यले उद्यमशीलताको भावना र देशको आर्थिक वृद्धिमा सहयोग गर्ने उनीहरूको प्रतिबद्धतालाई उजागर गरेको बताइएको छ । दराज एनएमबी सजिलो कर्जाको मुख्य विशेषताहरू मध्ये एक धितोरहित ऋणको प्रावधान रहेको बताइएको छ । दराज प्लेटफर्ममा बिक्रेताहरूले व्यावसायिक आवश्यकता अनुसार ५ लाखसम्मको ऋणका लागि आवेदन दिन सक्छन् । यो ऋण रकमले विक्रेताहरूलाई सूचीमा लगानी गर्न, तिनीहरूको उत्पादन प्रस्तावहरू विस्तार गर्न, मार्केटिङ गतिविधिहरू बढाउन र तिनीहरूको समग्र सञ्चालन सुधार गर्न सक्षम बनाउने बताइएको छ ।
Tags: