पाण्डवखानीमा वडास्तरीय विभेद विरुद्धको अभियान

Image
सुरेश छन्त्याल/गलकोट गलकोट नगरपालिका–१० पाण्डवखानीमा वडास्तरीय विभेद विरुद्धको अभियान सम्पन्न भएको छ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान सम्पूर्ण जातीय विभेदको अन्त्यका लागि हाम्रो अभियान’अन्तर्गत वडास्तरीय विभेद विरुद्धको अभियान सम्पन्न भएको हो । गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर वि.कले गलकोट नगरपालिका समृद्ध सुसंकृत र खुसी गलकोटबासी भन्ने अभियानमा रहेको बताए । उनले समाजमा विद्यमान कुरिती, कुसंस्कार, अन्धविश्वास र छुवाछूत जस्ता विभेद रहेको र यस्ता विभेद हटाउनको लागि अभियान सञ्चालन गरिएको वडा नम्बर १० वडावासी सबैले सचेत भएर अगाडि बढ्न अनुरोध गर्दै नगरपालिका संधै साथमा रहने प्रतिबद्धता जनाए । कार्यक्रममा कार्यपालिका सदस्य रामप्रसाद वि.क, भिमबहादुर वि.क, तुल्सी परियार, शिक्षिका चन्द्रकुमारी श्रीस, पाण्डवखानी माद्यामिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मानसिह छन्त्याल, युवा समाजसेवी गणेश सुनार, कृष्ण सुनार, दलिल संजाल गलकोटका महासचिव लालबहादुर वि.क , वडा सदस्य मनकुमारी श्रीस, समाजसेवी लालबहादुर सुनार लगायतले मन्त्व्य राखेका थिए । गलकोट नगरपालिका नगर कार्यपालिकाको आयोजनामा वडा अध्यक्ष भक्तबहादुर काउचाको अध्यक्षता भएको कार्यक्रममा गलकोट नगरपालिकाका प्रशासकीय अतिकृत वि.कले यतामा परिभाषा, जातिय छुवाछूत र भेदभाव, कानुनी, दलित गैरदलित, नीति र कार्यक्रम, दलित समुदायको सम्वृद्धको सुधार बारे सहजीकरण गरेका थिए । साथमा सहभागीले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक, शिक्षिका, विभिन्न संघसंस्था, समाजसेवी, टोलसुधार सस्था, आमा समूह, क्लबका प्रतिनिधि पत्रकार लगायतको सहभागी रहेको थियो । त्यस्तै लालबहादुर सुनारको संयोजकत्वमा १३ सदस्य रहने गरि दलित वडा समन्वय समिति पाण्डवखानी पुनःगठन भएको छ । कार्यक्रममा वडा सदस्य करिस्मा भित्रकोटीको स्वागत र वडा सचिव ठाकुर तिमिल्सिनाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Tags: