बजेटमा वेवास्ता : समेटिएन रारा ताल

Image
राज्यश्वोर मल्ल २०७५ साल वैशाख १ मा रारा पुगेका तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीले राराको विकास र सम्भावनाको पोको खोल्दा मुगाली उत्साहित देखिए । प्रधानमन्त्री रारा पुगेरै साधेको वाचा अहिलेसम्म आउँदा टुटेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८०।८१ को बजेट भाषण गरिरहदाँ राराको विकास त परैको कुरा हो नेपालको सबैभन्दा ठूलो ताल राराको नामपनि उच्चारण हुन नसक्दा रारा रारामै सिमित भएको छ । सरकारले मुगुको विकासका लागि हरेक वर्ष बजेट भाषणमा सौतेनी व्यवहार अहिले पनि दोहोरिएको हो । नेपालकै सबैभन्दा ठुलो ताल रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकिय हवका रुपमा परिचित रारा लगायत मुगुको विकासका लागी सरकारले बजेट भाषणमार्फत सम्बोधन नगर्दा मुुगाली नागरिक यतिबेला सरकारको बजेट प्रति असुन्तुष्ट भएका छन् । यहाँका नागरिकले नेपालको अर्थतन्त्रलाई सुधार्न सक्ने क्षमता भएको रारालाई वेवास्ता गरिनु दुखत भएको भन्दै सरकारसँग जवाफ मागेका छन् । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमवार ९५ पृष्ठ लामो बजेट भाषण ३ घण्टा लगाएर वाचन गरे । मुगुको विकासका लागि सरकारको कहाँ कतै बजेटमा केही गौरवका योजना समावेश गर्छ कि भन्ने आश गरेका मुगाली मुगुको विकासको लागी कुनै सम्बोधन नहुदाँ राज्यबाट टाढा रहेको आभाष गरेका हुन् । नेपाल कै सबैभन्दा ठुलो ताल रारा विकासको पखाईमा छ । रारामा विकास नहुदाँ रारा घुम्न आउने पर्यटकले दुःख पाइरहेका छन । कर्णाली राजमार्ग मृत्यु राजमार्गका रुपमा परिचित छ । यहाँ विश्वको चार धाम मध्येको शक्ति शाली जेठो धाम छायाँनाथ धाम, ऋणमौक्षमाई, चंखेली हिमाल लगायत गमगढी नाक्चालाग्न सडक नाग्म गमगढी सडक गौरवका योजनामा सरकारको ध्यान नजानु मुुगाली नागरिकलाई राज्यले दोस्रो दर्जाका रुपमा हेर्ने गरेको मुगाली नागरिकको गुनासो छ । राष्ट्रिय राजनीतिमा मुगुका नेतृत्वको पहुँच नपुग्दा राज्यले मुुगुु प्रति हेर्ने, रारा प्रति हेर्ने दृष्टिकोण फरक भएको यहाँका राजनीतिक अगुवाहरुको भनाइ छ । सम्भावनाको खोजी नगरी हचुवाको भरमा बजेट ल्याइदा दुगर्मका जिल्लामा हरेक वर्ष ल्याउने बजेट भाषणलाई दशाका रूपमा लिने गरेका छन् ।
Tags: