तिर्प गाउँमा सिंचाई कुुलो बन्दा किसानमा खुसी

Image
राज्यशोर मल्ल मुगु – मुुगुको छायाँनाथ रारा नगरपालिका १३ तिर्प गाउँमा सिंचाइ कुलो निर्माण भएसँगै किसान खुसी भएका छन् । तिर्प गाउँ खेतियोग्य जमीनको लागि सिंचाइ कुलो निर्माण भई सञ्चालनमा आएसँगै यहाँका किसानमा खुसी छाएको हो । विगतका वर्षमा आकाशेपानीको भरमा खेतिपाती गदै आएका र आकाशे पानीको भरपर्नु पर्ने बाध्यता खेप्दै आएका यहाँका किसान सिंचाइ कुलो सञ्चालनमा आएसँगै त्यो बाध्यता टरेको बताउँछन । गाउँमा सिँंचाईका लागि कुलो बनेपछि उब्जनी पनि बढ्ने यहाँका किसानको आशा छ । कर्णालीका किसानलाई सिंचाइ अभावले आकाशे पानीको भर पर्नपर्ने बाध्यता छ । पाखो जमीन र सिंचाइ सुविधा नहुनाले पनि कर्णालीमा सोचे अनुरुप उब्जनी हुँदैन । ग्रामिण समुदाय बिकास केन्द्र आरसिडिसिद्वारा सञ्चालित युएसएआइडी मर्सीकोर्पसको आर्थिक सहयोग भकारी परियोजनअन्र्तगत तिर्प गाउँमा ३२० मिटर सिंचाइ कुलो निमार्ण भई सञ्चालनमा आएको हो । सिंचाइ कुलो निर्माण भई सञ्चालनमा आएसँगै तिर्प सिंचाइ कुलो निमार्ण समितिका अध्यक्ष वियकला मल्लले अब आकाशे पानीको भर पर्न नपर्ने र किसानको उत्पादन पनि बढ्ने भन्दै खुसी व्यक्त गरिन् । उनका अनुसार सि.चाइ कुलो निर्माणमा महिला पुरुष सबैजनाले रातदिन नभनी साबेल, घन उठाएर काम गरी कुुलो निर्माण गरेका र केह् िदिन भएपनि गाउँमै रोजगारीसँगै सिंचाइ सुविधाले आफूहरू सन्तुष्ट रहेको उनले बताइन् । सिंचाइ सुविधा पुगेपछि किसानको उत्पादन बढ्ने र खाद्य समस्या हट्दै जाने अपेक्षा गरिएको छ । कुलो निर्माण भएपछि स्थानीयले खेतमा सिंचाइ गरी उत्पादन पनि बढ्ने भएकाले भकारी परियोजनाले सिंचाइ कुलो निर्माणमा जोड दिएको भकारी परियोजना संयोजक कर्णजङ्ग शाहीले बताए । कुल निर्माणमा संस्थाकोतर्फबाट रू. १४ लाख ८९ हजार ९ सय ५ र जन श्रमदान बाट रू. १ लाख ७६ हजार ८ सय २५ गरी जम्मा रू. १६लाख ६६ हजार ७ सय ३१ मा सिंचाई कुलो निर्माण भएको बताइएको छ ।
Tags: