मुगुमा ट्याक्टर दुर्घटना, २ जनाको ज्यान गयो

Image
राज्यश्वोर मल्ल मुगु–मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बाममा ट्याक्टर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । आईतवार रात सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाईप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट ५० मिटर तल खसि दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ३० वर्षका चालक काशिराम बढुवाल र २० वर्षका सह चालक शिव बढुवालको घटना स्थलमै मृत्यु भएको हो । आइतवार राती घटना भएको भएपनि घटनाका बारेमा सोमवार बिहानै मात्र थाहा भएको स्थानीय प्रेम सिंह बुढाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार १४ नम्बर वडाका अध्यक्षमार्फत घटनाका बारेमा जानकारी भएको र त्यसतर्फ अस्थायी प्रहरी चौकी बाम र जिल्लाबाट प्रहरी घटनास्थलतर्फ गएको बताए । प्रहरी पुगिसकेपछि थप अनुसन्धानमार्फत जानकारी हुने प्रनाउ बस्नेतले बताए ।
Tags: