विद्यार्थीकै सहभागितामा शिक्षण सिकाई

Image
राज्यश्वोर मल्ल मुगुको छायाँनाथ रारा नगरपालिका वडा ७ कर्णाली माद्यामिक विद्यालय टोप्लामा शिक्षक, विद्यार्थीको सहकार्यमा शैक्षिक सामाग्री निर्माण तथा प्रदर्शन गरिएको छ । शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन, सिकाईलाई दीगो र प्रभावकारी बनाउने उद्देश्यका साथ शैक्षिक सामाग्री निर्माण तथा प्रदर्शन गरिएको हो । साता भरी उक्त विद्यालयका शिक्षक र विद्यार्थी उक्त अभियानमा जुटेका हुन् । पाठयक्रममा रहेका शैक्षिणक क्रियाकलाप, आवश्यक तस्विरको अवलोकन गर्दै सोही अनुरुप कागजका विभिन्न खेलाउन सामाग्री,निगालो माटोका सामग्री पाठमा रहेका सामाग्री निर्माण गरेका हुन् । शिक्षण सिकाई क्रियाकलाप मा आवश्यक शैक्षिक सामग्री निर्माण कार्यमा विद्यार्थीको उत्साहजनक सहभागिता थियो । कक्षा ६ देखि १० सम्मका विद्यार्थी चित्रकला निमार्णमा एक अर्को लाई सघाउदै सामाग्री बनाएका थिए । ‘विद्यालयलाई राम्रो बनाउनका लागि सरोकार निकाय, शिक्षक अभिभावकको उत्तकै भूमिका हुन्छ,’ कर्णाली माविका प्रअमा चन्द्र प्रकाश बढुवालले भने, ‘विद्यार्थी र विद्यालयको परिर्वतन देखेर अभिभावक पनि खुसी हुनुहुन्छ ।’ विद्यालयमा पाठ्य पुस्तकको अध्ययन मात्र नभई विद्यार्थीको शिक्षण सिकाइलाई सहज बनाउन, प्रभावकारी तुल्याउन यस्ता खालका गतिविधि गर्नुपर्ने उनको भनाइ छ । ‘विद्यार्थीलाई अध्ययन अध्यापनमा पाठ्यपुस्तकको जति भूमिका हुन्छ, शैक्षिक क्रियाकलापको पनि उत्तिकै भूमिका हुन्छ , त्यसमा विभिन्न चित्रमार्फत अध्ययन अध्यापन गराउँदा अझै विद्यार्थीको सिकाइ क्रियाकलाप गतिलो माध्यम बन्न सक्छ, ’ उनले भने ।
Tags: