यार्चा खोज्दै विद्यार्थी, विद्यालय बन्द

Image
राज्यशोर मल्ल मुगु – जिल्लाको मुगमकार्मारोङ गाउँपालिकामा यतिबेला विद्यालय यतिबेला बन्द छन् । विद्यालय बन्द नहुनुको कारण विद्यार्थी विद्यालय नआउनु हो । विद्यार्थी विद्यालय नआएका मात्र होइन्, गाउँमै छैनन् । यो यार्चागुम्बा संकलन गर्ने मौसम हो । यार्चागुम्बा संकलन गर्ने मौसम सुरु भएसँगै गाउँपालिकाका विद्यार्थी यार्सा संकलनका लागि जाँदा स्थानीय विद्यालय बन्द भएका हुन्। यार्चागुम्बा संकलन गर्नलाई मुगमकार्मारोङ गाउँ पालिकाको कार्यविधीअनुसार जेठ ४ गतेबाट यार्चागुम्बा संकलनका लागि यहाँका सामुदायिक वनक्षेत्रमा संकलनकर्तालाई अनुमतिदिएको पालिकाले जानकारी दिएकोछ । यतिबेला गाउँपालिकाका १० वटा विद्यालयका सबै विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटनमा गएपछि विद्यालयमा विद्यार्थीनै नहुँदा विद्यालय बन्द गरिएको जनजागरण आधारभुत विद्यालयका प्रधानाध्यापक पासाङ लामाले बताए । यस क्षेत्रका स्थानीयको आम्दानीको स्रोतनै यार्चागुम्बा भएकाले अभिभावकसंगै विद्यार्र्थी पनि वनक्षेत्रमा जाने गरेको उनको भनाइ छ । स्थानीय सोनाम पाजिंग तामाङले समुदायको प्रमुख आम्दानीको स्रोतनै यार्सागुम्बा जडिबुटी ९बुटिक० भएकाले यहाँका १० वर्र्ष देखि ६० वर्र्ष उमेर समूहका नागरिक कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठुलो कोइकी, चार्कु, हाङदाङ्ग, चेप्टु, रोमन पटान, केले लेक, छुल्दुर, टेङडिङ्ग, याम्जामा, सामुदायिक वनक्षेत्रमा जडिबुटी संकलनका लागि जानेगरेको उनको भनाइ छ । जडिबुटी विक्रीकोबाट एक जनाले एक लाख देखि दुईलाख सम्म आम्दानी गरि घरखर्च र पढाइ खर्चको जोहो गर्दै आएको उनको भनाइ छ । बुटिक संकलन जेठ ४ गते बाट असारको दोस्रो हप्ता सम्म पाटनमा जाने गरेको लामाले बताए । स्थानिय बुटिक व्यापारी उर्गिन लामाले राम्रो खाले यार्चागुम्बाको मूल्य प्रति पिस चारसय देखि ५ सय सम्म खरिद गर्ने गरेको बताए। बुटीक प्रतिकेजी १५ लाख देखि १८ लाख सम्म पर्नजान्छ । मुगु र डोल्फु सामुदायिक वनक्षेत्रबाट हरेक वर्र्ष १८० केजीसम्म यार्चागुम्बा उत्पादन संकलन हुने गरेको लामाले बताए। विद्यार्थीलाई यार्सागुम्बा संकलनको सहजताका लागि गाउँपालिकाको शिक्षा कार्यविधी अनुसार बर्खेबिदा जेठ ८ गते बाट असार ९ सम्म हुनेगरेको उनले बताए । यार्चागुम्बा संकलनका लागि मुगमकार्मारोङ गाउँपालिकाको कार्यविधि अनुसार जिल्लाभन्दा बाहिरका लागि दुई हजार र जिल्ला भित्रका स्थानीयलाई एक हजार रुपियाँ पालिकाले राजश्व बापत उठाउदै आएको छ। पालिकाको रेकर्डअनुसार बुटिक संकलनको मौसममा हरेक वर्र्ष मुगु र डोल्फु सामुदायिक वनक्षेत्रमा ५ हजार देखि ६ हजारसम्म संकलनकर्ता जाने गरेका छन् ।
Tags: