डाक्टर रामजी राम

Image
काठमाडौं– दलित छात्रवृत्तिमा एमबीबिएस अध्ययन गर्दा हैरानी खेपेका रौतहटका रामजी राम अन्तत डाक्टर बनेका छन् । बिहीबार सामाजिक संजालमा उनले आफू एमबीबिएस पास भएको भन्दै खुसी साटेका छन् । उनले आज सम्मको परीक्षा यात्रामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिने सबैमा धन्यावाद दिँदै अप्ठ्यारो परिस्थितिहरुमा साथ दिएकोमा धन्यावाद दिएकाछन् । उनले एमबीबिएसको परीक्षाको परिणाम आएपनि आफ्नो बास्तविक परीक्षा बल्ल सुरु भएको बताएकाछन् । उनले भनेकाछन्, ‘परीक्षाहरु सकिएको छैन भने म विश्वस्त छु , किनकी एउटा चिकित्सकको परीक्षा रोगहरु र रोगका कारणहरुले हर हमेशा लिइरहेको हुन्छ ।’ उनले जहिलेसम्म जीवन छ तबसम्म परीक्षाहरु कहिले नसकिने भन्दै हौसला र सहयोगको याचना गरेकाछन् । वीरगञ्जको नेशनल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरबाट उनले एमबीबीएस उत्तीर्ण गरेका उनलाई कलेजले पैसा नबुझाएको भन्दै परीक्षा फारम भर्नबाट रोक लगाएको थियो ।
Tags: