छैन खेलमैदान, खेलाडीको अनुत्तरित प्रश्न, ‘बाँझोखेतमा कति दिन खेल्ने ?’

Image
राज्यशोर मल्ल/मुगु जिल्लामा खेल मैदानको माग गर्दै खेलाडी दवावमुलक आन्दोलनमै उत्रिएका छन् । सरोकारवाला निकाय कसैले खेलमैदान निर्माणमा चासो नदेखाएको खेलाडीहरूको गुनासो छ । तिनै तहका सरकारको ध्यानाकर्षण गर्दै केही दिन अघि ‘रेडपाण्डा युुथ क्लब’ले दवावमुुलक र्याली सहितको विरोध कार्यक्रम गर्यो । पहिलो पटक खेलाडीले खेलमैदानको माग गदै विरोधमा उत्रिएका हुन् । तर खेलाडीको वास्ताविक पीडा कसैले बुुझ्न नसकेको उनीहरूले पीडा पोखे । उनीहरूको गुनासो छ, ‘हाम्रा रहर छन्, सपना छन्, आँट छ तर हामीप्रति अरुको चासो छैन ।’ मुुगुुमा खेलमैदान, कर्भडहल नहुँ मुुगुुका खेलाडी समस्यामा परेको उनीहरूको भनाइ छ । जिल्लामा हरेक खेलका सीमित खेलाडी र राष्ट्रियस्तरसम्म पुुगेका खेलाडी पनि छन् । उनीहरू कहाँ कुन अवस्थामा छन् भन्नेसम्म थाहा छैन । उनीहरू भन्छन्, ‘जल्लामा खेलाडी र खेलप्रेमी सबैमा खेल क्षेत्र प्रतिको चासो घट्दै गएको छ । ’ सरोकारवाला निकाय, खेलप्रेमी खेलाडी राजनीतिक पार्टी र जनप्रनिधिले चुुनावमा प्रमुख नारा बनाउने खेलमैदान चुुनाव जितेपछी खेलमैदान निमार्णमा चासो नदि समर्ग मुगु जिल्लाको खेल क्षेत्र प्रभावित भएको उनीहरूको भनाइ छ । मुगु जिल्लामा जब खेलको कुरा उठ्छन् । खेलाडी जुरमुराउँछन् हराएका खेलाडी पनि खेल क्षेत्रको विकास गर्नपर्छ खेल खेल्नुपर्छ भन्ने सोचाइमा हुन्छन् । तर, खेल सकिएपछि खेलाडीहरु खेलमैदानको अभावले निष्क्रिय बन्दै जानुपरेको छ । खेलमैदान अभावले खेलाडीले सिक्ने अवसर पनि पाएका छैनन् । जिल्लामा एक नगरपालिका र तीन गाउँपालिका गरी चार ओटा स्थानीय तह छन् । जिल्लाभरी खेलमैदान ,कर्भडहल नहुदाँ खेलकुदका कार्यक्रम, गर्न समस्या भएको छ । जिल्लामा खेलमैदान र कभर्डहलका लागि निरन्तर पहल गरे पनि सफलता हात नलागेको खेलकुद विकास समितिले जनाएको छ । यता छायाँनाथ रारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भामले खेलमैदान निर्माणका लागि बजेट माग गरिएको र त्यसै अनुरुप खेलमैदान रंगशाला निर्माणका लागि पहल गरिने बताउँछन् । मुुगुुका खेलाडी खेलमैदान अभावले खेत लगायत बाँझोबारीमा खेलकुद सिक्ने गरेका छन । त्यसैले सम्बन्धित निकायले खेलमैदान निमार्णमा ध्यान दिई खेलमैदान तत्काल हुुनुु पर्ने खेलाडीको माग रहेको छ ।
Tags: