अक्कलको समाजसेवी अक्कल

Image
राज्यशोर मल्ल मुगु – आफू जन्मिएकोे ठाउँको माया कतिसम्म होला ? जसले गाउँ ठाउँको समस्या बुझेको गाउँको विकास गर्न कुनै मौका कुर्नु पर्दैन न त सरकारले सहयोग गरेन नै भनेर बस्नुपर्छ । मुगुका अक्कल बोहरा कुनै समयका सशस्त्र प्रहरीका राष्ट्रिय धावक हुन् । अहिले जिवीकाको लागि स्पेन पुगेका अक्कलले एक महिना समय निकालेर नेपाल आएको बेला मुगुको थार्प गाउँमा जनप्रतिनिधका आँखा नपुगेको उदाहरणीय काम गरेका छन् । अक्कलले आफ्नै लगानीमा ३ वटा धर्मशाला, आर्यघाट निर्माणमा जुटेका छन् । उनी आफ्नै १५ लाख लगानीमा छायाँनाथ रारा नगरपालिका १० र ११ मा पर्ने धौल्यामा आर्यघाट,र वडा नं १३ र १४ मा धर्मशाला निमार्णमा जुुटेका हुन् । आफ्नो ठाउँको माया मुटुमै बोकेका उनी स्पेन पुगेर पनि माया सुरक्षित राखेका छन् र त चलाएका छन् ‘रारा होटल’ । मुुगुुको विकट गाउँ थार्पबाट स्पेनको उनको यात्रा सहज थिएन । संघर्षका कथा धेरै छन् । सानै देखि अर्काको घरमा बसेका र संघर्षले स्पेनसम्म पुुगेको बताउने अक्कल आफूलाई समाजसेवा भन्ने शब्दले पहिलेदेखि छुँदै आएको बताउँछन् । विगत १० वर्षदेखि विपन्न र दुःखीलाई सहयोग गदै आएको बताउने अक्कलले व्यक्तिगतरूपमै हासम्म करिब १ करोड ५० लाख रुपैयाँसम्म सहयोग गरिसकेको बताउँछन् । उनले सहयोगको लागि अक्कल कोपिला फाउण्डेसन भन्ने संस्थानै दर्ता गरेर काम गर्दै आएकाछन् । ‘मान्छेले जीवन के हो, कसरी जिउनुपर्छ भन्ने थाहा पाउँछ, त्यो मान्छे सफल भई समाजमा पनि केही परिवर्तन गर्न प्रेरित गर्दो रहेछ,’ सबलकर्मीसँग उनले भने, ‘जीवनमा अनेक थरीका दुःख भोगियो, सक्नेले अरुको सेवाको लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने लाग्छ ।’ आफै केही गर्न सक्नेसम्म अर्काको मुख ताक्ने बानीको विकास भइरहेकाले त्यसको अन्त्य गर्न र जनप्रतिनिधिलाई समाज विकास गर्न सिकाइ होस् भन्ने हिसाबले यो कार्यको थालनी गरेको उनी बताउँछन । यसमा सबै स्थानीय गाउँलेले साथ दिएका छन् । कसैलाई दुुख देख्दा त्यो स्थानमा आफू हुँदाको अवस्था सम्झिने अक्कल विकास निर्माणसँगै मुगु लगायत जिल्ला भित्र र बाहिर जिल्लाका विपन्न मृगौला पीडित,भूकम्पपीडित, बाढीपीडितहरूलाई पनि सहयोग गर्दै आएका छन् ।
Tags: