यार्सा संकलकबीच झडप, घाइतेको ४ दिन पछि उद्धार

Image
राज्यशोर मल्ल मुगु – मुगुमा यार्सागुम्बा टिप्न भएकाहरू झडप भएको छ । तोकेको कर नतिरी यार्सागुम्बा टिप्न पाटन पसेका संकलकलाई नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका छन् । मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका–१ वाङ्गरीका पाटनमा कर नतिरी लुकिछिपी यार्सागुम्बा टिप्न पुगेका जुम्ला जिल्ला पातारासी गाउपालिकाका स्थानियलाई वडा न १ डोल्फु गाउँका बासिन्दाले नियन्त्रण गर्न खोज्दा भएको झडपमा स्थानिय ५ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा डोल्फु गाउँका कार्मा लामा, पेमा आङ्गडाल लामा, छिरिङ्ग मिन्जुक लामा र २ जना अन्य घाइते भएको शसस्त्र प्रहरी नायव उपरिक्षक डम्वर रानाले बताए । २ गते राती झडप भए पनि घटनास्थलमा सञ्चारको कुनै विकल्प नभएपछि ३ गते विहान गाउलेहरु मोवाइलको नेटवर्कले टिप्ने ठाउँमा पुगेर जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी पुलुलाई खबर गरेका थिए । खबर पाउना साथ सुरक्षा टोली घटनस्थल तर्फ हिँडेर ५ घटना थलमा पुगी घाइतेको उद्धार गरेको प्रहरीको भनाइ छ । झगडा गर्ने ४ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम तर्फ ल्याइ रहेको प्रहरी नायव उपरिक्षक महेश बस्नेतले बताए । घाइते मध्य छिरिङ्ग मिन्जुक लामा २ महिनाकी गर्भवती हुन् । घाइते तीन मध्य छिरिङ्ग र कार्मा अलि बढी घाइते भएको,तिनै जनालाई उपचारको लागि सदरमुकाम तर्फ लाउदै गरेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारी दिए । मुगुका पाट्नहरुमा यार्सा टिप्नका लागि शुक्रबारबाट मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश खुला गरेको थियो । यस अघि गत वैशाख २२ गते जुम्ला जिल्ला पातारासी गाउँपालिका तल्फी गाउँका १५ जना चोरी बाटो भएर मुगुका पाटनहरुमा जादा हिउँ पहिरोमा पनि ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरु अझै फेला पर्न सकेका छैनन ।
Tags: