यार्सा टिप्न गएका ठिल्ले तामाङ, नदी तर्ने क्रममा वेपत्ता

Image
राज्यशोर मल्ल मुगु – मुगुमा काठे पुल पार गर्ने क्रममा एकजना वेपत्ता भएका छ्न् । मुगुम कार्मारोङ गाउँपालिका–२ स्थित सिरानचौर नजिक रहेको मुगु कर्णाली नदीमा बनेको काठे पुल पार गर्ने क्रममा सोही वडाको मुगु गाउँको अन्दाजी वर्ष ४० का ठिल्ले तामाङ नदीमा बेपत्ता भएका हुन् । यार्सागुम्बा संकलन गर्न जाँदा पुल तर्ने क्रममा शुक्रवार उनी पुलबाट खसेका थिए । पुल तर्दा भीड भएको कारण उनी खसेको बताइएको छ । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । वेपत्ता भएका तामाङ यार्सागुम्बा संकलन समितिको सदस्य रहेको बुझिएको छ ।
Tags: