भ्रष्टाचारमुक्त नगरपालिका बनाउने मेयर भामको संकल्प, तलब सुविधा एम्बुलेन्स किन्न खर्चिने प्रतिबद्धता

Image
राज्यश्वर मल्ल मुगु – छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले आफूले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने बताएका छन् । ‘सुशासन, पारदर्शिता जवाफदेहिता आजको आवश्यकता, भ्रष्टाचारमुक्त नगरपालिका’ बनाउने प्रतिबद्धतालाई मूल मन्त्र बनाएका नगरप्रमुख भामले जनचासोको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी यस्तो बताएका हुन् । उनले आफ्नो एकवर्षे कार्यकालको अवधिमा नगरपालिकाबाट पाउने सेवा सुविधा त्याग गरेको बताए । आइतवार छाँयानाथ रारा नगरपालिकाले आर्थिक वर्ष ०७९–८० मा सञ्चालित जनचासोको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो। नगरप्रमुख भामले आफूले निर्वाचनमा जनता सामु गरेका प्रतिबद्धतालाई पूरा गर्न पहिलो वर्षको कार्यकालमा भएका कार्यक्रम र भावी कार्यक्रमलाई साकार पार्नका लागि आफूले पाउने सेवा–सुविधा त्याग गरेको बताए । नगरप्रमुख भामले एक वर्षे कार्यकालमा नगरपालिकाबाट मोबाइल खर्च, क्वाटर, रासन खर्च, नलिएको बताए । आफूले आर्थिक मितव्ययीता अपनाउन नगरपालिकाको खर्चबाट मिनेरल वाटर प्रयोग नगरी स्वच्छ चैना खोलामा रहेको धाराको पानी प्रयोग गर्ने गरेको र स्वागत सत्कारका लागि टसि खादा, फूलका गुच्छा बन्देज गरेको बताए । उनले पाँच वर्षसम्म जम्मा भएको मासिक तलव र बैठक, गोष्ठीलगायत अन्यबाट उपलब्ध रकम जम्मा गरेर छाँयानाथ रारा नगरपालिकालाई दुई र मुगुम कार्मारोङ गाँउपालिकालाई एक एम्बुलेन्स खरिद गरिदिने सार्वजनिक सुनुवाईमा सहभागीलाई जानकारी गराएका थिए । नगरप्रमुख भामले आफ्नो सेवा सुविधालाई त्याग गर्नुका साथै निरन्तर श्रमदानको अभियान सञ्चालन गरी नगरपालिका क्षेत्रभित्र बसपार्क निमार्ण, बसपार्क खानेपानी निर्माण चैनाखोला वैकल्पिक गोरेटो, चैनाखोला नाला निकास, अल्का साँगु, काठेपुल ठिनी खानेपानी झयारी गमगढी खानेपानी मर्मत निर्मार्ण श्रमदान बाट सञ्चानल भएका छन् ।यसैबीच भामले यो एक वर्षभित्र गरेका उत्कृष्ट ४० काम पनि सार्वजनिक गरेका छन् । ४० कामभित्र ऐन नियम कार्यविधिलगायत बृहत खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, समावेश भएका छन् ।
Tags: