प्याब्सककाे अध्यक्षमा राजन श्रेष्ठ, संस्थालाई थप सक्रिय बनाउने प्रतिबद्धता

Image
काठमाडौं– निजी तथा आवासीय विद्यालय संगठन काठमाडौ (प्याब्सक) को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न प्याब्सकको पाचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले आगामी ३ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिन्खडा, महासचिवम सुदिप काफ्ले, उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरुङ, कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्षमा होम लक्ष्मी गुरुङलगायत निर्वाचित भएका छन् । निर्वाचित भएपश्चात प्रतिकृया दिँदै अध्यक्ष श्रेष्ठले संस्थालाई थप सक्रिय बनाउने बताए । ‘यस अगाडिको नेतृत्वले अगाडि सारेका गतिविधिको निरन्तरता, विद्यार्थीका सृजनशील विकास, संस्थाका सदस्य विद्यालयको विकास, शिक्षकको क्षमता विकास तथा सञ्चालकबीचको समन्वयको पाटोलाई अझै बलियो बनाउन क्रियाशिल रहन्छौं,’ उनले भने ।
Tags: