बढ्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आवागमन, गएको १० महीनामै गतवर्षभन्दा बढी पर्यटक

Image
काठमाडौं – पर्यटक आकर्षणमा मुलुककै उत्कृष्ट गन्तव्यस्थल चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आवागमनको संख्या बढ्दै गएकोछ । निकुञ्ज कार्यालयको तथ्यांक अनुसार पर्यटक आवागमनको तथ्यांकमा उतारचढाव देखिए पनि पछिल्ला वर्षहरूमा अघिल्लो वर्षको तुलनामा अर्को वर्ष संख्या थपिँदै गएको देखिएको हो । निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैत महीनासम्मा निकुञ्जमा २ लाख २१ हजार ५ सय ३ पर्यटक आएका छन् । जुन गतवर्षको पूरा समयभन्दा बढी हो । निकुञ्जको तथ्यांक अनुसार गतवर्ष १ लाख ९० हजार ४ सय ५८ पर्यटक आएका थिए । त्यस अगाडिको वर्ष आर्थिक वर्ष ०७७/०७८ मा ९८ हजार ९ सय २८ पर्यटक आएका थिए । कोरोना महामारीका कारण यो वर्ष पर्यटक कम आएका हुन् । आर्थिक वर्ष ०६९/७० मा १ लाख ५३ हजार ७ सय ४९ पर्यटक आएको निकुञ्ज कार्यालयको तथ्यांक छ । त्यसयता आर्थिक वर्ष ०७२/७४ मा ८७ हजार ३ सय ९१ , आर्थिक वर्ष ०७३/७४ मा १ लाख ३७ हजार १ सय २५ र आर्थिक वर्ष ०७४/७५ मा १ लाख ५२ हजार ६ सय ७१ पर्यटक आएको निकुञ्जको तथ्यांक छ । त्यस बाहेकका अन्य समयमा पर्यटकको आवागमन तुलनात्मक रुपमा बढ्दै गएको देखिन्छ । निकुञ्जका अनुसार आर्थिक वर्ष ०७०÷७१ मा १ लाख ७३ हजार ४ सय २५, आर्थिक वर्ष ०७१/७२ मा १ लाख ७८ हजार २ सय ५७ जना पर्यटक आएका थिए । तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा १ लाख ८७ हजार १ सय ९ र आर्थिक वर्ष ०७६/७७ मा १ लाख ८२ हजार ४ सय ३५ पर्यटक आएका थिए ।
Tags: