नमस्ते पेको सीईओमा प्रविणराज पोखरेल

Image
काठमाडौं – नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीणराज पोखरेल नियुक्त भएका छन् । वैशाख १५ मा बसेको नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको सीईओमा नियुक्त गरेको थियो । उनले आइतवारदेखि कार्यभार सम्हालेका छन् । विस्तृत अनुसन्धान, कडा छनोट र भर्ना प्रक्रिया पछि बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति पाएको कम्पनीका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले बताए । पोखरेलसँग धेरै अग्रणी बैंक, वित्तीय संस्था, भुक्तानी प्रणाली कम्पनीमा २७ वर्ष काम गरेको अनुभव छ । यसअघि पोखरेलले ‘एफ वान सफ्ट इन्टरनेशनल’ र ‘एमनेपाल लिमिटेड’का प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन पदहरूमा रहेर काम गरेका थिए ।
Tags: