‘सेगवे ई–१००’ स्कुटरमा पूर्व–पश्चिम ऐतिहासिक यात्रा

Image
काठमाडौं– सेगवेको विद्युतीय स्कुटर ‘ई–१००’ मार्फत धीरेनमान श्रेष्ठले पूर्व–पश्चिम यात्रा सम्पन्न गरेका छन् । उनले काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका हुन् । दुईओटा ब्याट्री र दुईओटा फास्ट चार्जर जडित सेगवे ई–१०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको उनको भनाइ छ । योे यात्राले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको कम्पनीको दाबी छ । श्रेष्ठले ६ रात ७ दिनको साहसिक यात्राका दौरान चार्जिङ खर्च ६५० रुपैयाँ मात्रै खर्चिएको बताएका छन् । यात्रा अवधिभर सेगवे ई–१०० को कार्यक्षमताको सफलतापूर्वक उचित परीक्षण गरिएको कम्पनीको भनाइ छ, जसअन्तर्गत माइलेज, उच्च गति, अफ–रोड, तापक्रम, अपहिल, ब्रेकिङ, हेडलाइट र कम्फर्ट परीक्षण गरिएको थियो ।
Tags: