‘उद्योग क्षेत्रमा संकट आउन नदिन उद्योगीको सहयोग आवश्यक’

Image
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा संकट आउन नदिन उद्योगीहरूको सहयोगको आवश्यकता रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का प्रतिनिधिसँगको भेटमा आइतवार मन्त्री रिजालले यस्तो बताएका हुन् । मन्त्री रिजालसँग सिबिफिनका अध्यक्ष पवन गोल्यान नेतृत्वको टोलीले भेट गरेको थियो । भेटमा मन्त्री रिजाललाई सिबिफिनको टोलीले उद्योग क्षेत्रमा रहेका विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उद्योग क्षेत्रलाई बचाउन सरकारलाई उद्योगीको साथ र सहयोगको आवश्यकता रहने बताए । उनले भने, ‘सरकारलाई दोष दिँदै भाग्ने होइन, आएर सहयोग गर्नुस् ।’
Tags: