अग्नि मोटोइन्कले ग¥यो येज्दी मोटरसाइकल सार्वजनिक

Image
काठमाडौं – अग्नि समूहको सहायक कम्पनी तथा क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले आइतवार येज्दी मोटरसाइकल सार्वजनिक गरेको छ । मोटरसाइकल चालकको भावनालाई कदर गर्दैै क्लासिक लिजेन्ड्सले अत्याधुनिक टेक्नोलोजी र डिजाइनको प्रयोग गरेर येज्दी ब्रान्डलाई पुनर्जीवित गरी बजारमा ल्याएको कम्पनीको भनाइ छ । येज्दी मोटरसाइकल रोडस्टर, स्क्र्याम्बलर र एडभेन्चर गरी तीनओटा मोडलमा रहेको बताइएको छ । सबै मोडल शक्तिशाली ३३४ सीसी, सिंगल सिलिन्डर, फोर–स्ट्रोक, लिक्विड–कुल्ड, डीओएचसी इन्जिनसहित रहेको कम्पनीको भनाइ छ । यी मोटरसाइकलको मूल्य ९ लाख १६ हजार रुपैयाँदेखि ९ लाख ९८ हजार रुपैयाँसम्म पर्ने कम्पनीको भनाइ छ । अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले उपभोक्ताको अपेक्षा र उद्योगको मापदण्ड परिपूर्ति गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।
Tags: